काठमाडौं – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप ७.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
गत आवको माघ मसान्त सम्म बैंक तथा वित्तिय संस्थाको निक्षेप रू. ३१ खर्ब १३ अर्ब १८ करोड लाख थियो । सो निक्षेप चालु आवको फागुनसम्म रू. ३६ खर्ब १३ अर्ब ३६ करोड पुगेको छ । गत आवको असारमसान्तसम्म बैक तथा वित्तिय संस्थामा रु. ३३ खर्ब ५३ अर्ब भन्दाबढी निक्षेप थियो ।
बैंक तथा वित्तिय संस्थाहरुका विभिन्न खाताहरुमध्ये सबैभन्दा बढी निक्षेप व्यक्तिगत खातामा रहेको छ । व्यत्तिगत निक्षेप खातामा १९ खर्ब ७८ अर्ब निक्षेप रहेको छ । सबैभन्दा कम निक्षेप भने स्थानिय सरकारको खातामा रहेको छ । स्थानिय सरकारको खातामा रु.५१ अब ११ करोड निक्षेप रहेको छ ।
गैरबैंक तथा वित्तिय संस्थाहरु अन्तरगत बीमा कम्पनीहरुले फागुनसम्म रु. २ खर्ब ६३ अर्ब भन्दा बढी पैसा निक्षेप राखेका छन् । यस्तै, कर्मचारी सञ्चय कोषले रु. ९४ अर्ब ३३ करोड, नागारिक लगानी कोषले रु. ८० अर्ब ३५ करोड र अन्य गैर बैंक तथा वित्तिय संस्थाहरुले रु. १ खर्ब ८४ अर्ब निक्षेप बैंकहरुमा राखेका छन् ।
यस्तै, सरकारी निकायहरुको निक्षेप रु ३ खर्ब २३ अर्ब रहेको छ भने गैर सरकारी निकायहरुको निक्षेप रु. २ खर्ब ४९ अर्ब पुगेको छ ।
प्रतिक्रिया