बीमा समितिका ८० जना कर्मचारीको कोरोना भाइरस बीमा

६ बर्ष अगाडि

बीमा समितिले आफ्नो ८० जना कर्मचारीको कोरोना भाइरस बीमा गरेको छ ।

सबै कर्मचारीको स्वास्थ्यबीमा भएपनि कोरोना भाइरसको बीमा नभएकोले समितिले सबै कर्मचारीको बीमा गरिदिएको छ । 

आईएमई जनरल इन्स्योरेन्समा प्रत्येक कर्मचारीको १ लाख रुपैयाँको बीमा गरेको समितिले जनाएको छ । प्रतिव्यक्ति ६ सय रुपैयाँ खर्चमा समितिका सबै कर्मचारीको परिवार बीमा गरिदिएको हो ।

समितिका अनुसार कर्मचारीको बीमा गर्नको लागि ऐनमा नै व्यवस्था भए अनुसार कोरोना भाइरस बीमा गरिएको हो ।

बीमा समितिले आफ्ना कर्मचारीको बीमा गर्दा विनियमावलीमा संशोधन गर्नुपर्ने चर्चा चले पनि कर्मचारीको स्वास्थ्य बीमा गर्न पाउने व्यवस्था अनुसार बीमा गरिएको बनाइएको छ ।

बीमा समितिले कर्मचारीको यस अघि पनि दुर्घटना बीमा, स्वास्थ्य बीमा, सावधिक जीवन बीमा पनि गरेको र अहिले कोरोना भाइरस बीमा पनि गरेको जनाएको छ ।

यस अघिको बीमाले स्वास्थ्य बीमा कभर नगरेको भएर कोरोना भाइरस बीमा गरिको समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । यो निर्जीबन बीमा जस्तै एक वर्षे पोलिसी हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया