आफ्नो कार्यकाल २ वर्ष बाँकी छँदै ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जागिर छाडेका छन् ।
आधी कार्यकाल छोडेर बाहिरिएका उनले आफू सहमतिमै छाडेको बताएका छन् ।
उनको चार बर्षे कार्यकाल भए पनि दुई बर्ष बाँकी छँदै बीचैमा पदिय जिम्मेवारी छाड्दा बैंकीङ क्षेत्रमा चासो देखिएको छ । २१ वर्ष लामो बैंक वित्त क्षेत्रको अुनभव लिएका उनी एकाएक बाहिरिएका हुन् ।
उनी भन्दा अघि रहेका सीईओ कृष्ण बहादुर कुँवरले पनि दुई वर्षे कार्यकाल छाडेर बाहिरिएका थिए । ज्ञावली अब १५ गतेबाट ज्योति विकास बैंकबाट विदा हुनेछन् ।
केद्रिय बैंकमा अनुभव लिएका उनी ग्लोबल आइएमइ बैंक, इन्भेष्टमेन्ट बैंकिङ कम्पनीमा काम गरेका थिए ।
प्रतिक्रिया