मधेसका जिल्लाहरुमा आज चौठीचाँद  पर्व श्रद्धापूर्वक मनाइँदै

७ बर्ष अगाडि

सिरहास् मधेसका जिल्लाहरुमा आज चौठीचाँद अर्थात् चौरचन पर्व श्रद्धापूर्वक मनाइँदै छ ।  दिनभर निराहार रही साँझ चन्द्रमालाई विविध पकवानका साथ फल एवं दही पिठोको पुरी अर्पण गर्ने परम्परा छ ।

चन्द्रमा पूजाको रुपमा प्रचलित यो पर्व हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको विश्वास छ। बेद पुराणका अनुसार भगवान् कृष्णमाथि लोभ वंशमित्रको हत्या गरेको आरोप लागेको थियो । पछि उनी चिन्तित भएको अवस्थामा नारदको प्रेरणाबाट चन्द्रमाको पूजा गरे । पूजा गर्दा उनीमाथि लागेको कलङ्कबाट मुक्त भएका थिए। त्यही दिनदेखि यो पर्वको सुरुवात भएको मानिन्छ ।

चौरचनको व्रत र पूजा गर्ने पुरुष एवम् स्त्री धनवान् एवम् पुत्रवान् हुनुका साथै प्रशन्नचित्त हुने गरेको पनि पुराणमा उल्लेख छ।

चौरचन पर्व आँगनमा गरिन्छ, बिहानै लिपपोत गरी घर आँगन पवित्र बनाइन्छ । साँझपख आँगन लिपपोत गरेको ठाउँमा दहीको मटकुरी, फलफूल, खिर, पुरी, केरा मिष्ठानका साथै धूप, फूल चन्दन आदि सजाइन्छ ।

यसमा घरका पुरुष सदस्य बराबर दहीको मटकुरी र स्त्री सदस्य बराबर फलफूलको डाली राख्ने गरिन्छ । पूजा सामग्री सजाइसकेपछि परिवारका सबै सदस्यले हातमा फल लिई चन्द्र दर्शन गर्छन् भने जेष्ठ महिलाले अरिपनमा राखिएका मटकुरी तथा डालीहरू पालैपालो उठाई अर्घ दिन्छिन् ।

अर्घपछि परिवारका पुरुष सदस्य पूजामा राखिएको प्रसाद ग्रहण गर्छन् त्यसपछि परिवारका अन्य सदस्यले खानपान गर्ने चलन छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया