एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमाआफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।
एनसेलप्राइभेट लिमिटेडले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहककालागिएनसेल कोसेलीअफर अन्तर्गत विभिन्नआकर्षक योजनाहरु ल्याएको छ जसअन्तर्गत ग्राहकले एनसेलको प्रिपेड सेवाप्रयोग गरिरहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।
एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६०० एमबी डेटा, २१०० एमबी डेटा र १,००० एसएमएस रहेका छन् । एनसेल कोसेलीको अन्तर्गतको यीप्याकहरु यहिबिहीबार (वैशाख ११) देखि लागु हुनेछ ।
एनसेलकाप्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहितमात्र रु ६२.५७ र त्यसै गरी अर्को ५५ मिनेट भ्वाइस प्याक कर सहित रु ३१.९२ मा उपहार पठाउन सक्नेछन् । ५५ मिनेटको भ्वाइस प्याकउपहार प्राप्तगर्नेग्राहकले ३ दिनभित्रएनसेल नेटवर्कभित्रउतmभ्वाइस सेवाप्रयोग गर्न सक्नेछन् । त्यस्तै ७५ मिनेटको भ्वाइस प्याकउपहार पाउने ग्राहकले ७दिनभित्रएनसेल नेटवर्कभित्रउक्तभ्वाइस सेवाको प्रयोग गर्न सक्नेछन् ।
डेटामा ग्राहकले ६०० एमबी डेटा (२०० एमबीअल नेट, २०० एमबीफोरजी र २०० एमबी नाइट डेटा) मात्र रु ४४.६९ माउपहार स्वरुप पठाउन सक्नेछन् । उतm डेटा प्याक ३ दिनको लागिमान्य रहनेछ । त्यसै गरीप्रिपेड ग्राहकले आफ्ना साथिभाईतथा परिवारजनलाई २१०० एमबी डेटा (हरेकदिन ३०० एमबी७दिन सम्म) मात्र रु ९७.४ मा उपहार दिनसक्नेछन् ।
यसका साथै प्रिपेड ग्राहकले१००० वटा एसएमएसको प्याकउपहार स्वरुपमात्र रु २४.२६ मा पठाउन सक्नेछन् । यसरी प्राप्तहुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफुले पाएको मितिबाट ३० दिन सम्म प्रयोग गर्न सक्नेछन् ।
एनसेल कोसेलीअफर अन्तर्गतकाउपहारहरु पठाउन ग्राहकले एस्ट्रिक्स१७१११ह्यास डायल गरीनिर्देशनअनुसारको विकल्पहरु छनोट गरीएनसेल कोसेली सजिलै पठाउन सक्नेछन् । ग्राहकले १७१११ मा डायल गरीयो अफरको जानकारी पनिलिन सक्नेछन् ।उपहार वापतको शुल्कउपहार पठाउने ग्राहकको मेनब्यालेन्सबाट काटिनेछ । एनसेल कोसेलीबाट उपहार पठाउन थपअन्यकुनै सेवाशुल्कलाग्ने छैन ।
प्रिपेड ग्राहकले आफ्नो ईच्छा बमोजिमजति पटक पनिउपहार पठाउन सक्नेछन् । कोरोनाभाइरस रोगको महामारीले गर्दा सबैजना सामाजिक दूरी कायमगर्दै घरमा नै बसिरहेको हालको अवस्थामाआमाको मुख हेर्ने दिनको अवसरपारील्याईएका योजनाहरुले सञ्चार सेवाको आवश्यकतालाई संबोधनगर्दै सम्बन्धहरुलाई थप प्रगाढ बनाउने विश्वास एनसेलले लिएको छ ।
प्रतिक्रिया