अपहरण गरेका भनिएका समाजवादी पार्टीका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई बालुवाटार पु–याइएकाे छ ।
बुधबार साँझ पाँचबजे जनकपुरबाट अपहरण गरिएका यादवलालाई केहीबेर अघिमात्र लुवाटार पु–याइएकाे प्रहरी स्राेतले जनाएकाे छ ।
यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा बुधबार साँझ ५ बजे निवासबाट अपहरण शैलीमा प्रहरीले उठाएको समाजवादीका प्रचार उपप्रमुख विश्वदीप पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा लेखेका थिए ।
काठमाडौवाट यादवलाई ल्याउन पुगेकाे टाेलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र पूर्वमन्त्री महेश बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल जनकपुर पुगेको समाजवादी पार्टीका एक नेताले बताएका छन् ।
पार्टी फुटाउने प्रयोजनका लागि उनकाे अपहरणा गरिएको समाजवादी पार्टीकाे आराेप छ ।
ओली सरकारकै पालामा स्वास्थ्य राज्यमन्त्री बनेका यादव महोत्तरीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
सरकारले संसदीय समिति वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मार्फत एने संशोधन गरेको छ । उक्त अध्यादेश जारी भएपछि मधेश केन्द्रितसहित नेकपाभित्रै नै पार्टी विभाजन हुने हल्ला चलेको थियो।
तर प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पूर्व आइजीपी सर्वेन्द्र खनाल र महोत्तरीका एसपी श्यामकृष्ण अधिकारी ;समेत संलग्न भएकाे आरोप लगाएका छन् ।
एसपी अधिकारीले आफूलाई यसबारेमा केही जानकारी नरहेको प्रतिकृया दिए ।
डा.सुरेन्द्र यादव महोत्तरीको सोनामा धेरै बस्छन् । सो गाउँका वडा अध्यक्ष अशोक यादवले भने, ‘प्रदेश २ का डीआईजीले सांसद डा.सुरेन्द्र यादवलाई उठाएर लग्नुभएको हो । हामीले किन लगेको सोध्दा प्रधानमन्त्री ओलीको विरोध गरेको कारण लगेको भन्नुभएको थियो ।’
डा.सुरेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए ।
सरकारले अप्रत्यासित रुपमा दल विभाजनसम्बन्धी अध्याधेश ल्याएपछि समाजवादी पार्टी विभाजन हुने चर्चा चलेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले नै सत्तारुढ दलले आफ्नो पार्टी फुटाउनका लागि पैसा, पावर र प्रलोभन देखाएर सांसदहरुलाई उक्साइरहेको आरोप लगाएका छन् । उनी यतिसम्म बेचैन छन् कि सम्भावित पार्टी विभाजनलाई रोक्नका लागि राजापासँग एकीकरणका लागि पनि तयार भएका छन् ।
यही पृष्ठभूमिमा यादव ‘गायब’ भएका हुन् । डा. यादव पार्टी अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट थिए र पार्टी विभाजन गर्न सक्ने सांसदको सूचीमा थिए । पार्टीले उनको अपहरण भएको आरोप लगाइरहँदा र परिवारले घरमा नै रहेको भनिरहँदा यादव भने अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनको मोबाइल स्वीच अफ गरिएको छ भने मामासँग सम्पर्क गराउँछु भनेका भान्छा राजेश यादव पनि अहिले सम्पर्कविहीन छन् ।
प्रतिक्रिया