फेरि थप ३ जनामा कोरोना पोजेटिभ, ७ जना निको भए

६ बर्ष अगाडि

नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमितमा २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । 

यस्तै ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया