बैंकको ब्याज छुट दिने विषयमा बैंकका सञ्चालक तथा अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था बैंकर्स एसोसिएसनबीच विवाद भएको छ ।
परिसंघले कोभिड १९ संक्रमणको असरको कारण भन्दै आफ्ना ऋणिहरुलाई ब्याज छुटदेखि तोकिएको ब्याजदर घटाउने सम्मको निर्णय गरेपछि बैंकर्स एसोसिएसनले आफूसँग परामर्श नै नगरी निर्णय गरेको भन्दै बिरोध जनाएपछि विवादको अवस्था सिर्जना भएको हो ।
परिसंघले कर्जा लिएका ग्राहकले वैशाख मसान्तसम्ममा सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र जरिवाना ब्याजको शतप्रतिशत रकम छुट दिने निर्णय गरेको थियो ।
परिसंघले वाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) हरुलाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत व्याज घटाउनुका साथै विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको र फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने समेत निर्णय गरेको थियो ।
जनतालाई राष्ट्रैंकले केन्द्रीय बैंकले घोषणा गरेको भन्दा धेरै सहज हुने गरी सहुलियत दिने भनेका सञ्चालकहरुले लगानीको स्रोत नखोज्न सरकारसँग माग गरेका थिए ।
तर बैंकरहरुले भने परिसंघले भने आफूहरुसँग सल्लाह नै नगरि गरेको छुट दिने निर्णय गरेको र राष्ट्र बैंकले समेत परिसंघको निर्णयमा असहमति राखिसकेकोले कार्यान्वन प्रकृयामा जान नसक्ने सम्मको चेतावनी दिएका छन् ।
परिसंघले बैंक तथा वित्तीय संस्थाहरुको चालु तथा संचालन खर्च उल्लेख्य रुपमा घटाउनको लागि विशेष पहल गर्ने समेत निर्णय गरेको छ ।
कोभिड १९ संक्रमणले नेपालको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा परेको असर बारे अध्ययन गर्न विशेष अध्ययन कार्यदल गठन गरी सो कार्यदलले दिएको सुझावका आधारमा नियामक निकायसँग समन्वय गरी कार्यान्वयन गर्नु पर्ने समेत परिसंघले माग गरेको छ ।
बैंकरहरुको संस्था पहिलादेखि नै थियो भने बैंकका संचालक र अध्यक्षहरुले केही समयअघि सरकार र बैंकरबीच पुलको काम गर्ने भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल भन्ने संगठन खोलेका थिए।
लगानीकर्ताहरुको निर्णयको सीईओहरुले बिरोध गरेपछि सञ्चालकहरुले छलफल गरेर विवाद समाधान गर्ने प्रस्ताव सीईओहरुलाई पठाएका छन् ।
विवादपछि सञ्चालकहरुले भोली बिहीबार दुई बजे अलफ्ट होटलमा छलफलका लागि बोलाएको बैंकसं संघका अध्यक्ष भुवन दाहालले बताए ।
प्रतिक्रिया