कोरोना भाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीलाई मध्यनजर गर्दै एनसेलले मोबाइलमा ब्यालेन्स नभएपनि कुराकानी गर्न सकिने सुविधा ल्याएको छ ।
प्रिपेड ग्राहकका लागि एनसेलले मोबाइल ब्यालेन्स शुन्य हुँदा पनि कुराकानी गर्न सकिने सुविधा ल्याएको हो ।
सो योजना अन्तर्गत कम्पनीले रु ५ मा पाँच रुपैयाँमा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएससहितको बण्डल दिने छ । त्यसबापतको रु ५ भने पछि तिरेपनि हुने गरि शुक्रबारदेखि यो सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मुख्य ब्यालेन्स शुन्य भएका र पाँच रुपैयाँ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरि प्याक संचालनमा ल्याउन सक्नेछन्।
लकडाउनका कारण ब्यालेन्स रिचार्जमा कठिनाइ भोगेकालाई लक्षित गर्दै यो सेवा ल्याएको कम्पनीले जनाएको छ। लकडाउन शुरु भएपछि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स पाँच रुपैयाँ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहक लाभान्वित हुने कम्पनीले जनाएको छ।
योजनामा प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजे सम्म प्रयोग गर्न सक्छन् कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो सेवा सात दिनका लागि मात्रै मान्य हुनेछ।
विगत दुई महिनादेखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स पाँच रुपैयाँ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवाप्रयोग नगरेका प्रिपेड ग्राहकले मात्रै यो सेवा सुचारु गर्न पाउने कम्पनीले जनाएको छ।
ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ५५ ह्यास वा एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरेपछि प्याकको तोकिएको शुल्क स्वतस् काटिने कम्पनीले जनाएको छ।
कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समय सीमा ७ दिनबाट बढाई १० दिन पुर्याएको छ। ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक २ सय ९३ रुपैयाँ ६९ पैसामा मा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया