काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमितको संख्या ४२ पुगेको हो । यसअधि नेपालमा ३१ जनामामा संक्रमित रहेक थिए ।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा ११ जनामा संक्रमण देखिएको हो । त्यसमध्ये काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
यस अघि उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा संक्रमणको पुष्टी देखिएको थियो । त्यसपछि उक्त गाउँमा नमुना परिक्षण गर्दा यतिका संख्यामा थप संक्रमित देखिएका हुन् ।
मंगलार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला भएको बताइएको छ ।
चीनबाट फेलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी रुपमा फैलिएको छ । हाल चीनमा यो नियन्त्रणमा आएका छ । तर, अन्य मुलुकमा भने यो फैलिएको छ । अहिले अमेरिकामामा सबैभन्दा बढी संक्रमित रहेका छन् ।
हालसम्म विश्वभर २५ लाख १२ हजारमा यसको संक्रमण देखिएको छ । त्यसमध्ये १ लाख ७३ हजार भन्दा बढीको मृत्यु भएको छ भने ६ लाख ६० हजार भन्दा बढी संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया