काठमाडौं – नेपाल हस्तकला कालिगढ संघले हस्तकला कालिगढ तथा उद्यमीहरुले बैंक तथा वित्तीय संघ संस्थाबाट लिएको कर्जामा लकडाउन अवधीभरको ब्याजमा पूर्ण मिनाहा माग गरेको छ । संघले आज उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रीलेखराज भट्टलाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको हो । साथै, हस्तकला सामग्रीको विक्री वितरणको सहज वातावरण नभएसम्म किस्ता र ब्याज भुक्तानीको समयावधी पनि थप गर्नुपर्ने संघको माग छ ।
यस्तै, नेपाली हस्तकला कलाकर्मी, कालिगढ, उद्यमीहरुलाई सरकारले कृषि तथा महिला उद्यमीहरुलाई दिईदै आएको कर्जा सुविधा सरह नै सेवा प्रदान गर्नुपर्ने बताइएको छ । यसैगरि हस्तकला कालिगढहरुलाई प्राकृतिक प्रकोप, दैविक प्रकोप वा अन्य कारणले भएको बन्द तथा लकडाउन अवधि भर सरकारले अन्य उद्योग, कलकारखानाका मजदुर सरह सेवा, सुविधा, राहत तथा अनुदान पनि उपलब्ध गराउनुपर्ने अध्यक्ष विकले बताए । साथै, हस्तकला सामग्रीहरुको बिक्री वितरण, प्रमोशन तथा बजारीकरण गर्ने कार्य र प्रदर्शनीहरुमा पूर्ण निःशुल्क सेवा सुविधाका साथ पहिलो प्राथमिकता दिनु पर्ने उनको भनााइ छ ।
सरकारले कलाकर्मी, कालिगढहरुको क्षमता अभिवृद्धि तथा विशिष्ट तालिमका लागि सातै प्रदेशकाले बार्षिक रुपमा बजेत शिर्षक मै रकम छुट्याउनुपर्ने बताइउको छ । यस्तै, नेपाली हस्तकला क्षेत्रमा कार्यरत कालिगढहरुलाई नेपाल सरकारले बार्षिक रुपमा पूर्ण निःशुल्क स्वास्थ्य जाँच तथा स्वास्थ्य बीमा पनि गराइदिनुपर्ने संघकको माग छ ।
कोरोना भाइरसका कारण हस्तकला क्षेत्र पनि नमज्जाले प्रभावित भएको छ । हस्तकलाका अधिकांश सामग्री विदेशी पर्यटकले नै किन्ने हुन् । कोरोनाका कारण विदेशी पर्यटक आउन नसक्दा व्यवसाय ठप्प छ । त्यसपछि संघले यस्ता बिषयमा सरकार सक्षम माग राखेको हो ।
यी हुन् संघले मन्त्री राखेका माग
१) हस्तकला कालिगढ तथा उद्यमीहरुले बैंक तथा वित्तीय संघ संस्थाबाट लिएको कर्जामा लक डाउन अवधि भित्रको ब्याजमा पूर्ण मिनाहा र विक्री वितरणको सहज वातावरण नभएसम्म किस्ता र ब्याज भुक्तानीको समयावधि थपिनु पर्ने ।
२) नेपाली हस्तकला कला कर्मी,कालिगढ,उद्यमीहरुलाई नेपाल सरकारले कृषि तथा महिला उद्यमीहरुलाई दिईदै आएको कर्जा सुविधा सरह सेवा प्रदान गरिनु् पर्ने ।
३) नेपाली हस्तकला कालिगढहरुलाई प्राकृतिक प्रकोप, दैविक प्रकोप वा अन्य कारणले भएको बन्द तथा लक डाउन अवधि भर नेपाल सरकारले अन्य उद्योग, कलकारखानाका मजदुर सरह सेवा, सुविधा, राहत, अनुदान आदि उपलब्ध गरिनु पर्ने ।
४) कला कर्मी तथा कालिगढहरुले उत्पादन गरेको बस्तुहरुको बिक्री वितरण, प्रमोशन तथा बजारीकरण गर्ने कार्य र मेला तथा प्रदर्शनीहरुमा पूर्ण निःशुल्क सेवा सुविधाका साथ पहिलो प्राथमिकता दिनु पर्ने ।
५) नेपाल सरकारले क्षमता अभिवृद्धि तथा विशिष्ट तालिमका लागि नेपालका सातै प्रदेश भरिका कला कर्मी, कालिगढहरुको लगत संकलन गर्न वार्षिक बजेत शिर्षक मै छुट्याउनु पर्ने ।
६) नेपाल हस्तकला कालिगढ संघलाई नेपाल भरिका स्थानिय सरकार सँग सहज सहकार्यको व्यवस्था गरि राष्ट्रिय विपत्तिको समयमा स्थानिय जनता सरह नै हस्तकला कालिगढहरुले सेवा सुविधा प्राप्त गर्ने वातावरण सृजना गराउनु पर्ने ।
७) नेपाली हस्तकला क्षेत्रमा कार्यरत कालिगढहरुलाई नेपाल सरकारले बार्षिक रुपमा पूर्ण निःशुल्क स्वास्थ्य जाँच तथा स्वास्थ्य बिमा गराई दिनु पर्ने ।
८) कालिगढहरुको छोराछोरीहरुलाई माध्यामिक शिक्षा पश्चात स्वदेश तथा विदेशमा उच्च शिक्षा हाँसिल गर्न निश्चित कोटाको छात्रवृत्तिको ब्यवस्था गर्नु पर्ने ।
९) नेपाली हस्तकला क्षेत्रमा कार्यरत कला कर्मी, कालिगढहरुले आफ्नो सिपलाई साना तथा मझौला उद्योगको रुपमा रुपान्तर गरि सामुहिक रुपमा काम गर्न उत्साहित गर्ने र उक्त समूहलाई प्रेरित गर्नको लागि राज्यले ५० प्रतिशत अनुदान उपलब्ध गराउनुको साथै उत्पादन प्रक्रिया, प्रशोधन तथा बिक्रि बितरण प्रक्रियामा उच्च प्राथमिकताका साथ सहयोग गर्नु पर्ने ।
१०) नेपाली हस्तकला कला कर्मीहरुले बनाएका हस्तकलाका सामानहरुमा होलो ग्राम ट्याग अनिवार्य गरि अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने ब्यवस्था गरिनु पर्ने र सो कार्यको अनुमति तथा सिफारिसको अधिकार नेपाल हस्तकला कालिगढ संघलाई दिनु पर्ने ।
११) उद्योग,कारखाना तथा होम वेस कारखाना मा उत्पादित बस्तु तथा उत्पादनका लागि ल्याईएका कच्चा पदार्थ तथा सामाग्रीहरु सड्न, गल्न, बिग्रिनबाट जोगाउन चाहिने मेसिन तथा औजारहरुको आयातमा पूर्ण भन्सार छुट सहितको ५० प्रतिशत अनुदानको ब्यवस्था गरिनु पर्ने ।
प्रतिक्रिया