नेपालमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो । स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।
त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
यसैसंग नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ भने ४ जना उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया