बढ्दै बैदेशिक लगानी, ८ महिनामा १५.६१ अर्ब लगानी भित्रियो

६ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ८ महिलामा प्रत्यक्ष बैदेशिक लगानीमा सुधार देखिएको छ । गत आवको सो अवधीमा ठुलो मात्रामा घटेको बैदेशिक लगानी यो बर्ष भने उच्च मात्रामा बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको फागुनसम्म  विदेशी मुलुकबाट आउने लगानी करिब १३४ प्रतिशतले बढको छ । गत आवको पुससम्म रू. ६ अर्ब ६६ करोड मात्र प्रत्यक्ष बैदेशिक लगानी नेपाल भित्रिएको थियो । तर, चालु आवको फागुनसम्म रू. १५ अर्ब ६१ करोड विदेशी लगानी भित्रिएको छ । यो रकम गत आवभरमा भित्रिएको रकम भन्दा केही पनि बढी हो । गत आवमा रू. १३ अर्ब ७ करोड विदेशी लगानी आएको थियो ।
सरकारले नेपालमा लगानी भित्र्याउने उद्देश्य सहित सन् २०७५ मा लगानी सम्मेलन गर्यो । साथै, लगानी सम्बन्धी कानुन तथा नीतिगत प्रावधान सुधार गर्ने काम पनि भए । यी यस्ता कारणले नेपालमा वैदेशिक लगानी बढ्दै गएको जानकार व्यक्तिहरू बताउछन् । 
नेपालमा पछिल्लो समय विदेशी लगानीको प्रतिबद्धता अझ बढी छ । तर, ती सबै प्रतिबद्धता पुरा भएका देखिदैनन् ।
यद्यपि, अब बैदेशिक लगानी अब उत्साहनजनक रुपमा नआउने बताइएको छ । कोरोना भाइरसका कारण अहिले विश्व अर्थतन्त्र नै खुम्चिएको छ । नेपालमा लगानी गर्ने चीन, अमेमिरा लगायतका विदेशी मुलुक पनि कोरोनाबाट प्रभावित भएका छन्, यो अवस्थामा अवका दिनमा प्रत्यक्ष बैदेशिक लगानीमा ह्रास आउन सक्ने विज्ञहरु बताउछन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया