कोरोनाको बावजुत पनि बढ्यो रेमिट्यान्स, ८ महिनामा ६ खर्ब रेमिट्यान्स भित्रियो

६ बर्ष अगाडि

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका बावजुत पनि चालु आर्थिक बर्षको फागुन महिनासम्म आउँदा विप्रेषण आप्रवाहमा कमी आएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पहिलो आठ महिनामा विप्रेषण आप्रवाह १.८ प्रतिशतले बढेको छ । 

कोरोना भाइरसले श्रम गन्तव्य मुलुकमा परेको असरले विप्रेषण आप्रवाहमा कमि आउने बताइएको थियो । तर, फागुनमा भने त्यसमा कमी आएको छैन । यद्यपि, चैत महिनामा भने विप्रेषण आप्रवाहमा कमी आउने बताइएको छ । कोरोना भाइरसबाट बच्न नेपाल सहित बिभिन्न मुलुकमा लकडाउन लगाइएको छ, फलस्वरुप चैतसम्म आउँदा विप्रेषण् आप्रवाहमा कमी आउने बताइएको छ । 
 
फागुनसम्म नेपालमा रु. ५ खर्ब ९२ अर्ब ४२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार गत आवको सो अवधीमा रू. ५ खर्ब ८२ अर्ब १९ रेमिट्यान्स आएको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।


समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।

यस्तै, समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई रु.६७१ अर्ब ८९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.९ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया