काठमाडौं – मुलुकको शोधनान्तर नाफा (देशबाट बाहिरीने र भित्रिने रकमको अन्तर) एक महिनामा नै १६ अर्ब २३ करोडले बढेको छ । नेपाल राष्ट्र बैंक आज सार्वजनिक गरेको चालु आवको फागुनसम्मको तथ्यांकले यस्तो देखाएको छ ।
फागुनसम्म मुलुकको शोधनान्तर स्थिती रु.३७ अर्ब ८४ करोडले बचतमा छ, जुन माघसम्मको भन्दा सवा १६ अर्बले बढी हो । माघसम्म शोधनान्तर स्थिती २१ अर्ब ६१ करोडले नाफाको थियो । गत आवको फागुनसम्म शोधनान्तर स्थित िरु. ५८ अर्ब ९९ करोडले घाटामा थियो ।
रहेको थियो ।
यस्तै, अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लोआवको ८ महिनासम्ममा ५१ करोड ७० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको राष्ट्र बैंकको भनाइ छ ।
गत आवभर मुलुकको शोधनान्तर स्थिती निरन्तर घाटामा थियो । चालु आवमा भने शोधनान्तर स्थिती निरन्तर नाफामा छ ।
प्रतिक्रिया