काठमाडौँ – सार्वजनिक पद धारण गरेका व्यक्तिको वैयक्तिक विवरण गोप्य नहुने भएको छ । संसदको राज्य व्यवस्था समितिले सार्वजनिक पदमा आसीन व्यक्तिको परिभाषासमेत खुलाएर ती व्यक्तिको व्यक्तिगत विवरण खुला हुने सहमति गरेको हो ।
राज्यको ढुकुटीबाट तलब सुविधा पाउने व्यक्तिलाई सार्वजनिक पद धारण गरेको मानिन्छ ।
सरकारले संसद्मा ल्याएको वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्नुपर्ने प्रस्ताव थियो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
विधेयकमाथि परेको संशोधनको छलफलमा समितिले सार्वजनिक पदधारी व्यक्तिले बुझाएको सम्पत्ति विवरण, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रलगायतको विवरण तत्सम्बन्धी सूचनाको समाचार प्रकाशन तथा आलोचना गर्न असर नपर्ने प्रावधान राख्ने टुंगो लगाएको हो । त्यस्तै सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले व्यक्त गरेको मन्तव्य, विचार प्रकाशन वा प्रसारण गर्न सकिने प्रावधान विधेयकमा थप गरेको छ ।
प्रतिक्रिया