नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको प्रति गम्भिर आशंका व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्ना धारणा गर्दै उनले यो गम्भिर आशंकाको विषय भएको भन्दै प्रश्न उठाएका छन् ।
उनले सत्तारुढ दलसँग दुईतिहाई बहुमत भएकोले पार्टी फुटाउने अध्यादेश किन जरुरी छ ? भनेर प्रश्न समेत उठाएका छन् र प्रश्न उठाएर छाडेका छन् ।
‘दुई तिहाई बहुमत आफै संग हुँदा हुँदै अरु पार्टी फुटाउन किन आवश्यक भयो ? ...कतै !’, भनेर उनले शंका व्यक्त गर्दै प्रश्न उठाएर छाडेका छन् ।
सरकारले साेमबारमात्रै दल विभाजन सम्बन्धि अध्यादेश पारित गरेकाे छ । जसमा दल विभाजनका लागि पहिले भन्दा खुकुलो प्रावधान राखिएको छ ।
अध्यादेशमा राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय समितिमा कम्तिमा ४० प्रतिशत पुरयाउनु पर्ने व्यवस्थालाई खुकुलो पारेर कुनै एकमा मात्रै ४० प्रतिशत पुर्याए हुने व्यवस्थासहित अध्यादेश ल्याउने निर्णय गरेको छ । अध्यादेश आज नै राष्ट्रपतिबाट प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफैले दल विभाजन सजिलो बनाउनेगरी दल विभाजन अध्यादेश ल्याएपछि नेकपामा मा समाहित भएको पूर्व माओवादीबाट खेमाबाट सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको थियाे ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण गर्न र कोरोना फैलन नदिनका लागि गरिएकाे लकडाउनका कारण ओरालो लागेको अर्थतन्त्र सुधार गर्नु पर्नेमा पार्टी फुटाउने अध्यादेश ल्याएकाे भन्दै चाैतर्फी आलोचना भएको छ ।
प्रतिक्रिया