नेको इन्स्योरेन्सका कर्मचारीले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनपछि समस्यामा परेका १३ सय जनालाई राहत उपलब्ध गराएका छन् ।
इन्स्योरेन्सकाका प्रमुख प्रमुख कार्यकारी अधिकृतले किर्तिपुरमा करिब ८०० विद्यार्थी र काठमाडौं उपत्यका भित्रका शाखाहरुमा कार्यरत कर्मचारीले ५१५ जना मजदुर तथा बालबालिकालाई राहत उपलब्ध गराएका हुन् ।
प्रमुख कार्यकारी अधिकृतले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकमबाट किर्तिपुरमा करिब ८०० विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न वितरण गरेका थिए ।
त्यस्तै काठमाडौंका कर्मचारीहरुले सिफल, गौशाला आसपास रहेका बालआश्रमका बालबालिका, गलैंचा मजदुर, यातायात मजदुरहरुलाई राहत दिएको जनाएका छन् ।
मजदुरालई विहान बेलुका हातमुख जोर्न समस्या परेको भनी मानव स्वास्थ्य सतर्कता अभियान नामक संस्थाले गरेको अनुरोधलाई मध्यनजर गर्दै बालआश्रमका ९२ जना तथा १०६ परिवार मजदुरका ४२० जना गरी करिब ५१५ जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न सहयोग गरेको जनाइएको छ ।
प्रतिक्रिया