कुमारी बैंकको आज ४२ शाखा खुल्ला रहने

६ बर्ष अगाडि

लकडाउनलाई मध्यनजर गर्दै कुमारी बैंकले आज सोमबार ४२ शाखा खुल्ला गर्ने भएको छ । 

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई केही १० बजेदेखि १२, केही साढे १० बजेदेखि साढे १२,केही साढे १० बजेदेखि १ र केही शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

बैकले प्रदेश १ मा ३, प्रदेश २ मा ७, बागमती प्रदेशमा ९ शाखा र गण्डकी प्रदेशमा ५ शाखा खुल्ला गर्दैछ । यस्तै, प्रदेश ५ मा ७, कर्णाली प्रदेशमा ३ र सुदुर पश्चिम प्रदेशमा २ शाखा आज खुल्ला हुनेछन् । 

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया