आज मेघा बैंकका ४४ शाखा खुल्ला

६ बर्ष अगाडि

लकडाउनलाई मध्यनजर गर्दै मेघा बैंकले आज सोमबार ४४ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

बैंकले प्रदेश १ मा ६, प्रदेश २ मा ३, बागमती प्रदेशमा १२ शाखा र गण्डकी प्रदेशमा ४ शाखा खुल्ला गर्न जानकारी गराएको छ भने प्रदेश ५ मा १३, कर्णाली प्रदेशमा १ र सुदुर पश्चिम प्रदेशमा ५ शाखा आज खुल्ला हुनेछन् ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :

 


No photo description available.

६ बर्ष अगाडि

प्रतिक्रिया