विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वका विभिन्न देशमा गरी १ लााख ६२ हजार ११३ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि २३ लाख ६३ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमा ६ लाख ७ हजार ८ सय जना उपचारपछि घर फर्किएका छन् । १५ लाख ९३ हजार ६४४ व्यक्ति हाल उपचारारत छन् भने ५४ हजार ५२७ को अवस्था गम्भीर छ ।
हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित अमेकिामा ३९ हजार १०३ जनाको मृत्यु भइसकेको भने ७ लाख ४१ हजार भन्दा बढी सङक्रमित छन् ।
दोस्रो प्रभावित राष्ट्र इटलीमा हालसम्म २३ हजार २२७ जनाको मृत्यु भएको छ भने १ लाख ७५ हजार ९२५ जना संक्रमित रहेका छन् ।
स्पेनमा २० हजार ४५३ जनाको मृत्यु भएको छ भने करिब १ लाख ९६ हजार सङक्रमित रहेका छन् ।
कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ४ हजार ६२३ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८२ हजार ७३५ जनामध्ये ७७ हजार ६२ व्यक्ति निको भएर घर फर्किएका छन् ।
जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण ४ हजार ५४७ जना, फ्रान्समा १९ हजार ३२३ जना, बेलायतमा १६ हजार ६० जना नेदरल्यान्ड्समा ३ हजार ६८४ जना र बेल्जियममा ५ हजार ६८३ जनाको मृत्यु भइसकेको छ ।
इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ५ हजार ११८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया