सुलभ अग्रवाललाई झड्का, अझै १० दिन हिरासतमा बस्नुपर्ने.

६ बर्ष अगाडि

शंकर समुहका मालिक शुलभ अग्रवालाई अझै १० दिन हिरासतमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौंले आइतबार उनलाई अझै १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

जिल्ला प्रशासनले यस अघि पनि दुई पटक गरेर अग्रवाललाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । त्यो म्याद शनिबार सकिएपछि आइतबार थप म्याद थपिएको हो । म्याद थपिएसँगै अग्रवाल अझै १० दिन हिरासतमा बस्नुपर्ने छ । 

अनुसन्धान पनि नसकिएको र थप अनुसन्धानका लागि उनलाई हिरासतमै राख्नुपर्ने भएकाले म्याद थप गरिएको हो ।

ज्वरो नाप्ने थर्मल गन निर्धारित मुल्य भन्दा बढीमा बिक्री गर्दा अग्रवाल गत चैत २६ गते काठमाडौंको बालुवाटारबाट रंगेहात पक्राउ परेको थिए । उनलाई  महानगरिय अपराध महाशाखाले रंगेहात पक्राउ गरेको थियो । हाल महानगरिय प्रहरी परिसरले यस घटनाको अनुसन्धान गरिरहेको छ । 

उनले ३५०० पर्ने थर्मल गनलाई १५ हजारमा बिक्री गरेको बताइएको छ । प्रहरीले उनीबाट ६७ ओटा यस्तो गन बरामद पनि गरेको छ । यद्यपि, उनले चीनबाट २० हजार यस्तो गन लिएका थिए । अग्रवालले उक्त आरोप स्वीकार गरेको प्रहरीको भनाइ छ । अग्रवाललाई कालोबजारी ऐन  अन्तरगत मुद्दा लगाइएको छ । 

अग्रवाल नेपालका लािग कीर्गिस्तानका अवैतानिक महावाणिज्य दुत समेत रहेका छन् । अग्रवालले कुटनीतिक नियोगको २०९ एच.सी.सी १ नम्बर (निलो नम्बर प्लेट) को गाडीमा नै राखेर थर्मल गन बिक्री गरेको प्रहरकिो दावी छ । अवैतानिक महावाणिज्यको हैसियतमा पराष्ट्र मन्त्रालयले उनलाई उक्त गाडी उपलब्ध गराएको थियो । तर, अहिले उनले पाउने पाउने सेवा सुविधा सरकारले खोसिदिएको छ ।

पढ्नुहाेस् : प्रहरी हिरासतमै सुलभ अग्रवालको नाटक : प्रेसरको बिरामी हुँ भन्दै बेहोस

पढ्नुहाेस् : कालोबजारीमा ठूला उद्योगी :  ५ हजारकाे थर्मल गन १५ हजारमा बेच्दै गर्दा जगदम्बा सिमेण्टका मालिक पक्राउ

६ बर्ष अगाडि

प्रतिक्रिया