इन्टरनेटकाे शुल्क नउठाउने हाे भने व्यवसाय नै चल्न सक्दैन : सेवा प्रदायक संघ

५ बर्ष अगाडि

नेपालमा इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकबाट शुल्क नउठाई सेवा सुचारु राख्न नसकिने बताएका छन् । 

आफूहले इन्टरनेटको ब्यान्डविथ खरिद गरेर ल्याउने भारतीय कम्पनीलाई पनि नियमित शुल्क तिर्नुपरिरहेकाले शुल्क नउठाई सेवा सुचारु राख्न नसकिने उनीहरुको भनाई छ । 

सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभरि शुल्क तिर्न नसकेकका ग्राहकको लाइन नकाट्न निर्देशन दिएपछि  इन्टरनेट सेवा प्रदायक संघले आइतबार एक सूचना निकालेर यस्तो जवाफ दिएको हो ।  

संघले  सरकारको निर्देशनको पूर्ण पालना गर्ने हो भने नेपालमा इण्टरनेट सेवा सुचारु राख्ने वातावरण बनाउन शुल्क उठाउनैपर्ने बाध्यता रहेको बताएको छ । 

संघले अशक्त तथा घरमा सहयोगी नभएका वृद्ध ग्राहकलाई भने लकडाउन अवधिमा शुल्न नतिरेपनि निरन्तर इन्टरनेट सेवा दिने प्रष्ट पारेका छन् । । 

संघले ग्राहकलाई अनलाइन लगायत विभिन्न विद्युतीय माध्यमबाट इन्टरनेट शुल्क तिर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ । 

यो समयमा कम्पनीले कामदारलाई दोब्बर÷तेब्बर पारिश्रमिक दिएर काममा खटाउनुपरेको रइन्टरनेटको माग पनि त्यसैगरी बढेको भन्दै संघले यस्तो बेलामा ग्राहकसँग शुल्क उठाउन नपाएमा भने व्यवसाय नै चल्न नसक्ने र त्यसले अर्को समस्या निम्त्याउने जनाएको छ । 

साँच्चिकै समस्यामा पर्ने ग्राहकहरुको लाइन नकाट्ने गरी निर्णय भएको भन्दै संघले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया