नेपाल राष्ट्र बैंकले आइतबार (वैशाख ७) गते अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा तोकेको छ ।
यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८६ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६५ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रतिक्रिया