नवराज सिलवाल खोज्न प्रहरी भट्टेडाँडामा

७ बर्ष अगाडि

काठमाडौँ - एमाले सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई सर्च गर्न महानगरीय प्रहरी कार्यालयले आईतबार बिहानै ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । आईतबार बिहान सिलवाललाई सर्च गर्न डिएसपी नहकुल पोखरेलको कमाण्डमा १६५ जनाको प्रहरी फौज भट्टेडाँडा पुगेको बताइएको छ ।

सिलवाललाई खोज्न प्रहरी टोली भट्टेडाँडा पुगेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) गणेश ऐरले भने, ‘सर्च गर्न पठाएका थियौं, तर फेला नपरेपछि टोली फर्किसकेको छ ।’

शनिवार एक अनलाईनलाई भाईबर मार्फत् अन्तर्वार्ता दिएका सिलवालले आफु भट्टेडाँडामा प्रहरीहरुसँगै रहेको अभिव्यक्ति दिएका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया