विश्वभरि महामारी रुपमा फैलिएको कारोना भाइरसबाट विशवका विभिन्न देशमा गरि हालसम्म १ लाख ५४ हजार ९ सय जनाको मृत्यु भइसकेको छ । विश्वभर संक्रमितको सख्या २२ लाख ६५ हजार २९१ पुगेको छ ।
विश्वभर हालसम्म ५ लाख ८१ हजार ३२५ उपचारपछि घर फर्किएका छन् भने ५६ हजार ९८३ व्यक्तिहरुको अवस्था गम्भीर रहेको छ ।
विश्वकोे अयन्तै प्रभावित राष्ट अमेरिकामा हालसम्म संक्रमितको संख्या ७ लाख १० हजार २७२ पुगेको छ । संयुक्त राष्ट अमेरिकामा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या रहेको छ । अमेरिकामा मृतकको संख्या लाख ३७ हजार नाघ्को छ ।
त्यस्तै दोस्रो प्रभावित देश इटलीमा हालसम्म २२ हजार ७४५ मृत्यु भइसकेको छ । संक्रमितको संख्या इटलीमा १ लाख ७२ हजार ४३४ रहेको छ ।
स्पेनमा पनि कोरोनाको अवस्था भयावह बन्दै गएको छ । स्पेनमा मृतकको संख्या २० हजार ४३ पुगेको छ । स्पेनमा संक्रमितको संख्या १ लाख ९१ हजार ७२६ पुगेको छ ।
त्यस्तै फ्रान्समा १८ हजार ६८१, जर्मनीमा ४ हजार ३५२, बेलायतमा १४ हजार ५७६, इरानमा ५ हजार ३१, बेल्जियममा ५ हजार ४५३ रहेको छ ।
प्रतिक्रिया