हिमालय एयरलाईन्सको उडानबाट कतारको दोहा हुँदै काठमाडौं आएका सुनसरी नरसिंहा-२ घर भएका ३५ वर्षीय महोमद नासिन मियाँ र धनुषा टोर्कोमहुवा-६ घर भएका २५ वर्षीय श्रवण कुमार साहलाई १ सय ९७ ग्राम सुन सहित प्रहरीले पक्राउ गरेको छ । विमानस्थलको पार्किङ एरियामा आफैसँग आएका यात्रुहरुसँग अवैधरुपमा ल्याएको सुन संकलन गरिरहेको अवस्थामा २/२ थानमा रहेको उक्त सुनको बाला सहित उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीलाई उनीहरुलाई आवश्यक कारवाहीको लागि भंसार कार्यालयमा बुझाएको छ ।
प्रतिक्रिया