कोभिड–१९ संक्रमितको संख्या ३० जना पुग्यो

६ बर्ष अगाडि

कोभिड–१९ संक्रमितको संख्या ३० जना पुगेको छ । आजमात्रै थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटामा कोरोना संक्रमण पुष्टि भएको छ भने चितवनका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । 

‘हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३० पुगेको छ । जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ ।  जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केस (२ पुरुष, २७ र ६३ वर्षीय) रहेका छन्’, मन्त्रालयले भनेको छ । 

यसअघि नै १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया