खाने खर्च सकिएको र सरकारी राहत नपाएको भन्दै दर्जनौँ मजदुर पैदल हिँडेर घर गएको थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चाँसो देखाएका छन् ।
मजदुरहरु धमाधम पैदल हिँडेर घर जान थालेको समाचार बाहिरीएपछि प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिमा रहेका मन्त्रीहरुलाई बोलाएर छलफल थालेका हुन् ।
कोरोना भाइरसको संक्रमण रोकथाम गर्न देश लकडाउन गरिएपछि मजदुरहरु खाने खर्च अभावमा सयौं किलोमिटर टाढाका जिल्लावासीहरु समेत दिनहुँ काठमाडौंबाट बालबालिकासहित पैदलै हिँडेर जान थालेका छन् ।
तर सरकाका अधिकांस मन्त्रीहरु सदस्य रहेको र कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको सबै जिम्मा पाएको उच्चस्तरीय समन्वय समितले कुनै निर्णय नलिएपछि प्रधानमन्त्रीले आफै चाँसो देखाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सो समितिमा रहेका मन्त्रीहरुसँग छलफल जारी रछलफलमा मजदुरहरुलाई सुरक्षित घर पु¥याउने विषयमा केही निर्णय हुन सक्ने बताइएको छ ।
सो समितिमा गृहमन्त्री, आपूर्ति, अर्थ, परराष्ट्र, स्वास्थ्य, पर्यटन र कृषि मन्त्री सदस्य छन्।
प्रतिक्रिया