अब कोरोना भाइरसको पनि बीमा, परिवारको नै बीमा गर्दा ४० प्रतिशत छुट

६ बर्ष अगाडि

काठमाडौं – बीमा समितिले कोरोना भाइरसको बढ्दो संक्रमितलाई लक्षित गर्दै कोभिड – १९ बीमलेख जारी गरेको. छ । समितिले निर्जीवन बीमा कम्पनीहरु र नेपाल बीमक संघसँगको छलफल पछि बिहीबार मात्र यस्तो बीमालेख जारी गरेको हो । 

समितिले लघुबीमा अन्तरगत रही हालकको घातक रोग सरहको खाकामा यो बीमालेख जारी गरेको हो । यो सँगै अब आम मानिसहरुले कोरोना भाइरसबाट हुने जोखिम पनि बीमा गर्न पाउने भएका छन । नेपालमा हालसम्म प्रचलित बीमा पोलिसीले यस्तो महामारीलाई समाबेश गरेको थिएन । 

आम मानिसहरूले निर्जीवन बीमा कम्पनीहरुको लघुबीमा पुल मार्फत यस्तो बीमा गर्न सक्ने छन् । समितिले यो बीमालाई १ लाख र ५० हजारको बीमांक गरि दुई श्रेणीमा बिभाजन गरेको छ ।  एक लाखको बीमांकमा बीमा गर्ने व्यक्तिले १ हजार र ५० हजारको बीमा गर्ने व्यक्तिले रु. ५०० बीमाशुल्क तिर्नुपर्ने बताइएको छ । यदि, परिवारको एकमुष्ट बीमा गर्दा प्रतिसदस्य ४० प्रतिशत छुट दिइने छ । परिवारको नै बीमा गर्दा १ लाखको बीमांकमा प्रतिव्यक्ति ६०० र ५०् हजारको बीमांकमा प्रतिव्यक्ति ३०० मात्र बीमाशुल्क तिरे पुग्ने बताइएको छ ।

समितिका अनुसार बीमित कोरोना भाइरस संक्रिमत भएको पुष्टी हुन साथ बीमांक रकम बराबरको भुक्तानी गरिने छ । तर, १५ दिनको प्रतिक्षा अवधी भने लागू हुने बताइएको छ । कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएको जिल्लामा कार्यतर कम्पनीहरुले सम्बन्धीत जिल्लामा अनिवार्य रुपमा यसको कार्यान्वयन गर्नुपर्ने समितिको भनाइ छ ।

पुल मार्फत यो बीमा सञ्चालन हुने भएकाले बीमालेखको इस्यु म्यानेजर भने शिखर इन्स्योरेन्सलाई तोकिएको छ । यसमा २० प्रतिशत जोखिम नेपाल पुनर्बीमा कम्पनीले दिइने छ भने बाँकी   रहेको ८० प्रतिशत जोखिम भने २० निर्जीवन बीमा कम्पनीहरू ४ प्रतिशतका दरले बिभाजन गरिने छ । 
समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले न्यून आय भएका नागरिकलाई लक्षित गरि यो बीमा योजना ल्याएको बताए । यसलाई स्थानीय तह र गाउँसम्म नै पु¥याउन आवश्यक रहेको उनको भनाइ छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया