डलरको मुल्यले रकेर्ड तोड्यो, हालसम्मकै उच्च विन्दुमा

६ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च विुन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदरले यस्तो देखाएको हो । 
राष्ट्र बैंककाअनुसार आज लागि अमेरिकी डलरको बिक्री मुल्य १२३.२८ रुपैयाँ र  खरीद मुल्य १२२.६९ रुपैयाँ तोकिएको छ, जुन हालसम्मै महंगो भएको राष्ट्र बैंकले बताएको छ ।

अहिले कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । साथै, त्यसबाट मृत्यु हुने मानिसको संख्या पनि बढ्दै गएको छ । स्वयम अमेरिका पनि कोरोना भाइरसबाट पिडित बनेको छ । अमेरिकामा मृतक र संक्रमितको संख्या बढी छ । तर, कोरोनाको त्रासले विश्व बजारमा अमेरिकी डलरको माग बढ्दो छ । त्यसैले पछिल्लो समय अमेरीकी डलरको मुल्य निरन्तर बढ्दै गएको हो ।  फलस्वरुप नेपाली रुपैयाँ विश्वबजारमा कम्जोर बन्दै गएको छ । 
अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि यस्तो भएको राष्ट्र बैंकको भनाइ छ । नेपाली र भातीय मुद्रोको विनियमय स्थिर भएपनि नेपालको बैदेशिक व्यापार भारतमा नै निर्भर छ । जसले गर्दा भारतको विनिमयदर थपघट हुदाँ नेपाली रुपैयाँमा पनि असर गर्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया