कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहदा यहाँका बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको अध्यक्षतामा हालै बसेको बैठकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्नुपर्ने र एटीएम पनि खुल्ला राख्ने निर्णय गरेको थियो ।
तर प्रशासनको निर्णयअनुसार वित्तीय सस्थाले आफ्ना सेवालाई सुचारु नगर्दा सेवाग्राही समस्यामा परेको जनाइएको छ ।
सेवाग्राहीले बैंकमा रकम झिक्न र लिन जाँदा बैंकहरु बन्द रहेको बताएका छन् । हेटौँडामा एनआइसी एशिया, सिर्जना, माच्छापुछ्रे, मेघा, नोविल, एनएमबी लगायतका अधिकांश बैंक तथा वित्तीय संस्था बन्द रहेको गुनासो पाइएको छ ।
सेवाग्राहीका अनुसार बैंकका पहरेदार९गार्ड०ले मुख्यद्वारबाट फर्काउने गरेको तथा एटिएम बिग्रेको तथा कम्प्युटरमा नेटवर्क कम आएको बताउँदै फर्काउने गरेको छ । स्थानीय राम अधिकारीले रकम झिक्न नपाउँदा समस्या परेको बताए
प्रतिक्रिया