कोरोना भाइरस : मृतकको संख्या करिब १ लाख ३० हजार ,अमेरिकामा मात्र २६ हजारभन्दा बढीको मृत्यु

६ बर्ष अगाडि

विश्वभरि कोभिड १९ ( कोरोना भाइरस) बाट मृत्य हुनेको संख्या करिब १ लाख ३० हजार पुगेको छ ।  यो समाचार तयार पार्न समयसम्म मृतकको संख्या १ लाख २९ हजार ९५१ पुगेको छ  । विश्वभर संक्रमितको संख्या २० लाख ३४ हजार ८२१ पुगेको छ भने करिब ५ लाख मानिसहरु निको भएर उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो समय संयुक्त राष्ट्र अमेरिकामा संकमितको संख्या ६ लाख १८ हजार ८९३ पुगेको छ । अमेरिकामा मृतकको संख्या सबैभन्दा बढी रहेको छ  । हालसम्म अमेरिकामा २६ हजार ३३४ जनाको मृत्यु भएको छ । आज मात्र अमेरिका ५ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

विश्वभर कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु दोस्रो स्थानमा सबैभन्दा बढी मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । इटलीमा हालसम्म  २१ हजार ६४५ रहेको छ । इटलीमा संक्रमितको संख्या १ लाख ६५ हजार १५५ रहेको छ  ।

स्पेनमा मृतकको संख्या  १८ हजार ५७९ रहेको छ । संक्रमितको संख्या १ लाख ७७ हजार ६३३ रहेको छ भने ७० हजार ८५३ उपचारपछि घर फर्किएका छन् । ८० हजार २०१ व्यक्ति उपचाररत रहेका छन् ।

बेलायतमा एकदिनमा ७६१ को मृत्य भएको छ  । बेलायतमा हालसम्म  १२ हजार ८६८ पुगेको छ । बेलायतमा आजमात्र  ४ हजार ६०३ नँया संक्रमित भेटिएका छन् । बेलायतमा कुल संक्रमितको संख्या करिब १ लाख पुगेको छ ।

 जर्मनी मा ३ हजार ५९२ , इरानमा ४ हजार ७७७ , बेल्जियममा ४ हजार ४४० र नेदरल्याण्डमा ३ हजार १३४ जनाको मृत्युु भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया