कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लक डाउनको समयमा पनि पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम धमाधम चलिरहेको छ ।
राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि अहिले सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने बाँके खोलामा मजदुर खटिएर धमाधम निर्माणको काम गरिरहेका छन् ।
उनीहरुले काम गर्दा आपसमा दुरी काम गरी बाहिरबाट कोही मानिस आउन दिएका छैनन् ।
निर्माण कम्पनीका प्रतिनिधि तीर्थ श्रेष्ठका अनुसार बाहिरबाट कसैलाई पनि आउन नदिई आवश्यक सम्पूर्ण सामग्री जुटाएर काम धमाधम भइरहेको हो । बाँके खोलामा अहिले सबै ठाउँबाट आउने बाटो बन्द गरी एक दर्जन बढी मजदुर खटिएर काम गरिरहेका श्रेष्ठले जानकारी दिए।
आफूहरुले काम मात्रै नगरेर रेलमार्ग निर्माणका लागि जम्मा गरिएका सामग्री कुर्ने काम समेत गरिरहेको मजदुरहरुले बताएका छन् ।
लक डाउन सुरु हुनुभन्दा पहिले नै सामान आइपुगेको र बीच जङ्गलमा सामानको सुरक्षाका निम्ति पनि काम गर्नु परेको श्रेष्ठको भनाइ छ । उनले कोरोना भाइरस ९कोभिड–१९० को महामारी नियन्त्रण नहुञ्जेल बाहिरबाट कामदार नल्याइने बताए ।
प्रतिक्रिया