गोरखामा भेटिएको १० किलो सुन चिनियाँको

७ बर्ष अगाडि

गोरखा–शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप लामा र लोप्चन तेन्जेनलाई पक्राउ गरेको थियो ।

पक्राउपछि उनीहरुले प्रहरीलाई दिएको बयानका आधारमा सुन सबै चिनियाँ नागरिकको भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले जानकारी दिनुभयो ।

दुई जनाले पाँच÷पाँच किलो सुन कम्मरमा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरुलाई गोरखा प्रहरीले सोमबार गोरखामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया