रू. १० को पनि नयाँ नोट छापिदै, ३४ करोड थान नोट छाप्न साढे ४१ लाख डलर खर्च

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले १० रुपैयाँ का पनि ३४ करोड थान नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टीङ पे्रस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ । 
१० रुपैयाँ दरको नयाँ नोट डिजाइन, छपाई तथा आपुर्ति गर्ने सम्बन्धी राष्ट्र बैंकले गत जनवरी १४ तारिखमा टेन्डर आह्वान गरेको थियो । त्यसमा आएको आवेदनको आधारमा चाइना बैंकनोट प्रिटिङ एन्ड मिन्टीङ कर्पाेरेशनलाई नोट छपाईको जिम्मा दिइएको राष्ट्र बैंकले बताएको छ । उक्त कम्पनीसँग ४१ लाख ४० हजार ४०० अमेरिकी डलरमा यस्तो सम्झौता गरिएको राष्ट्र बैंकको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया