कोरोना महामारी : मृतकको संख्या १ लाख २३ हजार नाघ्यो, आज मात्र करिब ३२ हजार संक्रमित

६ बर्ष अगाडि

कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या १ लाख  २३ हजार नाघेको छ ।

केहीबेर अघिको तथ्यांक अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमा १९ लाख ५५ हजार ६४८ पुगेको छ ।

यो समाचार तयार पार्न समयसम्म आज मात्र संक्रमित हुनेको संख्या ३१ हजार ८ सय रहेको छ भने मृतकको संख्या करिब ४ हजार रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार  कुल कोरोना संक्रमित भएका मध्ये संयुक्त राष्ट्र अमेरिकामा सबैभन्दा बढी ५ लाख ९१ हजार ६४ रहेका छन् ।

अहिलेसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी रहेको छ । अमेरिकामा हालसम्म २४ हजार ६ सय रहेको छ । अमेरिकामा एकैदिन हालसम्म ९ भन्दा बढीको मृत्यु भइसकेको छ ।

 इटलीमा मृतकको संख्या  २१ हजार  ६७ पुगेको छ भने आज यो समाचार तयार पार्न समयसम्म ६०२ को मृत्यु भएको थियो ।  इटलीमा १ लाख ६२ हजार ४ सय ८८ जना संक्रमित भेटिएका मध्ये ३७ हजार १ सय ३० जना निको भएका छन् । 

 स्पेनमा १८  हजार ५६ हालसम्म मृत्यु भएको छ ।  जहाँ १ लाख ७२ हजार ५४१ जना संक्रमित रहेका छन् ।

त्यस्तै फ्रान्समा १४  हजार ९ सय ६७ र बेलायतमा १२ हजार १ सय ७ जनाको मृत्यु भएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया