बाँझो जमिन उपयाेग गरेर खेती गर्नेलाई धुर्काेट् गाउँपालिकाले अनुदान दिने, बाँझाे राख्नेकाे भूमिकर वृद्धि

५ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न हुन सक्ने संभावित खाद्य संकट रोक्न गुल्मीको धुर्कोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने भएको छ ।

विश्व स्वास्थ्य संगठनले गरेको खाद्य संकट हुनसक्ने आँकलनलाई मध्यनजर गरि उत्पादन बढाउनका लागि गाउँपालिकाले रु ३ हजार देखि ५ हजारसम्म अनुदान दिने निर्णय गरेको हो । 

बाँझो जग्गामा सुन्तला, कागती तथा फलफुल खेती गर्नेलाई प्रतिरोपनी ३ हजार, अन्नवाल, तरकारी र मसलेदार खेती गर्नेलाई प्रतिरोपनी रु ४ हजार दिने निर्णय गरेको छ । 

त्यसैगरि हाल लकडाउनका कारण राहात लिएा विपन्न तथा मजदुरको परिवारले आफनो बाँझो जमिन वा लिजमा लिएर खेती गरेमा ५ हजार अनुदान दिने गाउँपालिकाले जनाएको छ । 

अनुदान लिनका लागि नागरिकता, लालपुर्जा, लिजमा लिएको जग्गाको सम्झौता, बालि लगाउने जमिनको क्षेत्रफल, वडाको सिफारिस र कृषि प्राविधकको सिफारिस सहित १५ दिनभित्र निवेदन पेश गर्नुपर्ने छ । 

‘सम्भावित खाद्य संकटलाई मध्यनजर गर्दै किसानलाई खेती गर्नका लागि प्रोत्साहन जगाउन बाँझो जमिनको उपयोग गर्नेलाई प्रति रोपनी ३ हजार देखि ५ हजारसम्म अनुदान दिने निर्णय गरेका छौँ’, गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने । 

खेतीयोग्य जमिन बाँझो राख्नेहरुबाट भने भूमिकर बृद्धि गर्ने गाउँपालिकाले जनाएको छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया