काभ्रेका २ युवामा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ

६ बर्ष अगाडि

काभ्रेमा दुई जना युवमा कोरोना भाइरसको एन्टिबडी पोजेटिभ देखिएको छ । आज गरिएको र्‍यापिड टाइग्नेष्टिक टेस्टमा मण्डनदेउपुरका एकजना र बेथानचोक गाउँपालिकाका एकजना युवामा एन्डिबडी नतिजा पोजेटिभ देखिएको हो । 

भारतबाट आएका बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवक र मण्डनदेउपुर नगरपालिकाका–२१ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ ।  

बेथानचोकका युवा गत चैत ८ गते भारतबाट आएका थिए । गोवाबाट सँगै आएका उनका दुई जना साथीको नतिजा भने नेगेटिभ आएको छ। 

उनका परिवारको सदस्यको पनि परीक्षण भइरहेको लामाले बताए।

त्यस्तै चैत ७ गते दुबईबाट आएका काभ्रेको मण्डनदेउपुर नगरपालिकाका–२१ वर्षीय युवकमा पनि र्‍यापिड टेस्ट गर्दा पोजेटिभ भेटिएको वडाध्यक्ष दिलबहादुर तामाङले बताए । 

उनीहरु दुबै जनालाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ । 

युवक दुबईबाट आएर दुई दिन घरमै बसेका थिए। त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो। उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया