काठमाडाैंकाे पेप्सीकाेलाकाे सनसिटी अपार्टमेन्टमा लुकेर बसेका तीनजनामध्ये जना संक्रमित भएको पुष्टी भएको छ ।
हिँजाेमात्र प्रहरीले लगेर अस्पताल भर्ना गरेका तीनजनामध्ये ८१ वर्षीया वृद्धा र उनका ५७ वर्षीया छोरामा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।
संक्रमित ती बृद्धाकी बुहारीको अहिले नै यकिन भएको छैन। उनको थ्रोट स्वाबको पुनः नमूना संकलन गरेर परीक्षण हुने राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला स्राेतले जानकारी दिएको छ।
५ चैतमा बेलायतबाट काठमाडौं आएका उनीहरू लुकेर बसेकाे भन्दै छिमेकीले प्रहरीमा खबर गरेपछि हिँजाेमात्र उनीहरूकाे -यापिड डाइनेस्टिक टेष्ट (आरडिटी) गर्दा काेराेना संक्रमण देखिएकाे थियाे ।
आरडिटी परीक्षणमा पोजिटिभ देखिएपछि तीन जनाको पीसीआर विधिबाट परीक्षणका लागि हिजो बेलुका पाटनस्थित अस्पतालमा भर्ना गरिएको थियो।
हिजै थ्रोटको स्वाब नमूना संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
उनीहरुमा आरडीटी किट परीक्षणबाट नतिजा पोजेटिभ देखिएपछि उनीहरु बस्दै आइरहेको सनसिटी अपार्टमेन्ट क्षेत्रमा पूर्ण लक गरिएको छ।
त्यहाँ बस्ने अन्य मानिसहरुलाई बाहिरभित्र आवागमन गर्नसमेत रोक लगाइ सकिएको छ।
करिब पाँच सय परिवार बस्ने पेप्सीकोलाको सनसिटी अपार्टमेन्टलाई हिजोदेखि नै सिल गरिएको छ। मन्त्रालयको उच्च स्रोतले उक्त अपार्टमेन्टमा बस्ने अन्यको पनि परीक्षण गर्ने तयारी अघि बढाइएको जनाएको छ। संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम पनि अघि बढाइएको छ।
प्रतिक्रिया