अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले नेपाललाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।
मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिलिन जर्जिवाले अबेर राति प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई ुकोभिड(१९ु बिरुद्ध लड्नका लागि आवश्यक आर्थिक सहयोग गरेको बताएकी छिन्।
ुआज मलाई यो कुरा भन्दा खुसी लागेको छ कि कोभिडको प्रभावलाई संबोधन गर्नका लागि हाम्रो कार्यकारी सञ्चालक समिति बैठकले अनुदान उपलब्ध गराउने निर्णय गरेको छु उनको विज्ञप्तिमा उल्लेख छ।
उपलब्ध गराउन लागिएको अनुदानले गरिव र कमजोर देशहरुलाई आगामी ६ महिनामा प्रारम्भिक चरणका लागि मुद्रा कोषको ऋण दायित्व पुर्ति गर्न सहयोग पुग्ने जनाइएको छ। मुद्रा कोषले महत्वपूर्ण र अत्यावश्यकीय चिकित्सकीय र अन्य राहतका लागि वित्तीय साधन परिचालन गर्न मद्दत पुग्ने उल्लेख छ।
मुद्रा कोषले नेपाललागत अन्य २५ देशलाई सहयोग उपलब्ध गराउन बलियो अर्थतन्त्र भएका देशहरुसँग आर्थिक सहयोगको याचनासमेत गरेकोछ ।
मुद्रा कोषले उपलब्ध गराउन लागेको सहयोग पाउनेमा नेपालसहित अफगानिस्तान, हैटी, मालीलगायतका २५ देश छन्।
प्रतिक्रिया