भारतमा कोरोना संक्रमण नियन्त्रणका लागि जारी लकडाउन १५ दिन थपिएको छ ।
भोलीसम्म रहेको लकडाउन ३ मे सम्म थपिएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खर राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको समय थपेका हुन् ।
मोदीले आगामी साता अझ कठोर हुन राज्यका सबै संयन्त्रलाई निर्देशन दिएका छन् ।
मोदीले २० अप्रिलसम्म सबै राज्य, जिल्ला, नगरलाई नजिकबाट मूल्याङकन गरिने बताए। यदि ती क्षेत्रमा कोरोनाको संक्रमण रोकिएमा ती क्षेत्रमा लकडाउन केही नरम गर्ने उने बताए।
तर ती सबै ससर्त हुने उनले बताए।
उनले सोसल डिस्टेन्सिङ र लकडाउनको लाभ अहिले भारतलाई मिलेको बताए। मोदीले आर्थिक दृष्टीकोणले हेर्दा लकडाउन महँगो परे पनि भारतबाशीको जिन्दगीको अगाडि यसको कुनै तुलना नहुने बताए।
मोदीले लकडाउनसँग सम्बन्धि गाइडलाइन जारी गर्न लागेकोसमेत बताए। कृषि र निर्माण क्षेत्रको गतिविधि बढाउन केही नरम नीति लिने उनले बताए।
५२१ जनामा संक्रमण देखिएपछि मोदीले भारतभर २१ दिनको लकडाउन घोषणा गरेका थिए।
माेदीले लकडाउनै कारण भारतमा काेराेना संक्रमण धेरै नियन्त्रण भएकाे दावी पनि गरे ।
'हामीले समस्या आउने बित्तिकै तत्काल निर्णय गरेका थियौं,' उनले भने, 'यो यस्तो संकट हो जसमा कुनै पनि देशसँग तुलना गर्न उचित हुँदैन। केही सत्यलाई भने हामी नकार्न सक्दैनौं। संसारका शक्तिशाली देशहरु पनि आज समस्यामा छन्। उनीहरुको तुलनामा भारत धेरै सम्हालिएको अवस्थामा छ।'
प्रतिक्रिया