काठमाडौंबाट घर जानेलाई उच्च सतर्कताका साथ पठाउनुपर्छ : प्रचण्ड

५ बर्ष अगाडि

नेपाल कम्युनिष्टपार्टी (नेकपा) का अध्यक्ष पुष्पकमला दाहाल प्रचण्डले काठमाडौंकाट आफ्नो घरमा जान चाहनेहरुलाई उच्च सतर्कताका साथ पठाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट जोगिन लकडाउन अनिवार्य भएपनि घरको काम गर्न जान चाहनेलाई सतर्कताका साथ घर जाने व्यवस्था गर्नुपर्ने उनकाे भनाइ छ । 

प्राइम टिभीकाे जनता जान्न चाहन्छन कार्यक्रममा अन्तरवार्ताकाे क्रममा उनले सरकारले हिँडेर घरसम्मको यात्रा तय गरेका मजदुर, काठमाडौंबाट घर फर्कन चाहने मानिसहरुलाई उच्च सतर्कताका साथ पठाउने व्यवस्था गर्नु उपयुक्त हुने बताए । 

नेपाली जनता संसारका सबैभन्दा शिक्षित सबैभन्दा कठिन परिस्थितीसँग जुध्न सक्ने जनता भएकोल जनताले लकडाउनको महत्व बुझेको तर  समस्यामा परेकाहरुलाई सहयोग गर्नुपर्ने जरुरी भएको पनि बताए । 

गरिब किसान तथा दैनिक ज्यालादारी मजदुरहरु यो महामारीका कारणले धरै पीडामा रहेको भन्दै उनले सरकार तथा नीजि क्षेत्रा पूँजिपतिहरुलाई सहयोगका लागि आह्वान गरे । 

‘कोरोनाले पूँजिपति र मजदुर भनेको छैन । संसारभरका मानिसमाथी एकै ढंगले आक्रमण गरेको छ’, उनले भने, ‘यो अबस्थामा अलिकति मानवीय व्यवहार गरेर अगाडि आउन र अलिकति मुठी खोलेर जनतालाई सहयोग गर्न आह्वान गर्न चाहन्छु ।’

भूकम्पको बेला स्मरण गर्दै अध्यक्ष प्रचण्डले प्रकोप र महामारीले सबै मानिसलाई सामान बनाएकोले सबैले सबैलाई सहयोग गर्नुपर्ने बताए । 

उनले कोरोना भाइरसले ‘धनि छु भनेर कसैले घमण्ड गर्न नहुने’ अबस्थामा पु¥याएको बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया