पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लुकेर बसेका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।
र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा एकै परिवारका तीनजनामा कोरोना पोजिटिभ देखिएको हो ।
चैत ५ गते लण्डनबाट फर्किएका एउटै परिवारका आमा, छोरा र बुहारी जाँच नगराइ लुकेर बसेका थिए । सनसीटीमा पाँचवटा बिल्डिङहरु मध्ये ए विल्डिङकाे १५ औं तलामा बस्ने उनीहरुमा कोरोनाको लक्षण देखिएपछि छिमेकीहरुले प्रहरीलाई उजुरी गरेका थिए ।
सोही आधारमा आडीटी परिक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको प्रहरीले जनाएको छ ।
कोरोना पोजिटिभ देखिएका उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरेर पीसीआर प्रविधिबाट फेरी परिक्षणका लागि नमुना लिइएको छ ।
तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
सो अपार्टमेन्टमा एक हजारभन्दा धेरै मानिस बस्ने गरेका छन् । सो अपार्टमेन्टमा पुगेर स्वास्थ्य अधिकारीहरु तथा प्रहरीले उनीहरुको ट्राभल हिस्ट्री तथा सम्पर्कबारे जानकारी लिँदैछन् ।
उनीहरू २८ दिनअघि चैत्र ५ गते कतार एयरको विमानबाट बिहान १ बजे काठमाडाैं फर्किए प्रहरीले जनाएकाे छ । यति लामाे समयसम्म पनि विदेशबाट फर्केकाहरूकाे परिक्षण नहुनु दुःखद भएकाे भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया