रौतहटमा एकजना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ ।
रौतहटको क्वारेण्टाइनमा रहेका १९ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनले पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्को बताएका छन् ।
रौतटमा पनि भेटिए एकजना कोरोना संक्रमित, कैलालीकी महिलामा पनि कोरोना पुष्टि
रौतहटमा एकजना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । रौतहटको क्वारेण्टाइनमा रहेका १९ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनले पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्को बताएका छन् ।
यस्तै कैलालीकी ५५ वर्षीया महिलामा कोरोना भाईरस संक्रमण पुष्टि भएको पनि उनले बताए । यस विषयमा आजको अर्थ लगायतका सञ्चारमाध्यमले आज बिहान नै समाचार सार्वजनिक गरेका छन् ।
लम्की चुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ ।
वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएर १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी थिईन ।
भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।
यो सँगै कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
उक्त केशको केश इन्भेटिगेसन र कन्ट्रयाक्ट ट्रेसिङ भइरहेको उनले बताए ।
उनीहरुमध्ये माघ ९ गते फेला परेका एकजना उपचार पछि निको भएका छन् भने सेती प्रादेशिक अस्पत्तालमा ५, विरजंग ३, बाग्लुङ्ग ३, टेकुमा २ जनाको उपचार भइरहेको छ ।
हिँजोमात्र वाग्लुङमा भारत तिर्थ गएर फर्केकी बिहुँकी की ६५ वर्षिय महिलाको ¥यापिड डाइग्नोष्टिक टेष्टको क्रममा कोरोना भाइरस पोजेटिभ भेटिएपनि पीसीआर टेण्ट नभएकोले सरकारले सार्वजनिक गरिसकेको छैन । उनको समेत गणना गर्दा भने कोरोना संक्रमितको संख्या १५ पुग्छ ।
धौलागिरी अञ्चल अस्पतालमा र्यापिड टेस्टका क्रममा नतिजा पोजेटिभ देखिएपनि उनको पीसीआर परीक्षण भएको छैन ।
यसअघि शनिबारमात्रै पर्सामा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेको थियो ।
सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा भेटिएका कोरोना भाइरस संक्रमित सबैजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भैरहेको छ ।
चारजना मध्ये एकजना दुवइबाट फर्किएका व्यक्ति, दुईजना भारतबाट आएका र एकना दुवइबाट आएका व्यक्तिकी भाउजु हुन् । भारतबाट फर्केका मध्ये कैलालीको लम्कीनिवासी २१ वर्षीय युवक, कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा छन् ।
गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवककी भाउजु रहेकी महिला नेपालमै एकजनाबाट अर्कोमा कोरोना संक्रमण हुने पहिलो व्यक्ति हुन् । विश्व स्वास्थ्य संगठनले पनि समुदायमा संक्रमण फैलिनुलाई सबैभन्दा जोखिम यसैलाई मानेको छ।
त्यसअघि नेपालमा फ्रान्स, बेल्जियम, दुबईबाट आएकामा कोरोना देखिएको थियो। यसअघि चैत २० मा कोरोना भाइरस छैटौं संक्रमित भेटिएका थिए। कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको पाइएको थियो। यी संक्रमित बागलुङकी ६५ वर्षीया महिला थिइन्। उनी पनि चैत ४ मा बेल्जियमबाट कतार हुदै नेपाल आएकी थिइन। उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं आएकी थिइन्।
योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको थियो। त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।
त्यसभन्दा पहिले दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका उनै ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएका भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।
त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको छ। चैत ११ गतेदेखि १८ सम्मका लागि लागु गरिएको लकडाउन समय थपेर चैत २५ सम्म र त्यसपछि फेरी वैशाख ३ सम्मका म्याद थप गरिएको छ।
प्रतिक्रिया