एक्सपार्ट फाउण्डेसनले पछिल्लो ६ महिनामा अष्ट्रेलियामा गएर कोरोनाका कारण समस्यामा नेपाली विद्यार्थीलाई २०० देखि ३०० डलरसम्म सहयोग गर्ने भएको छ ।
गत अक्टोबर १ पछि आफ्नो संस्थामार्फत अष्ट्रेलिया गएका छात्र÷छात्रालाई प्रतिव्यक्ति किनमेलका लागि २०० देखि ३०० डलर सम्मको भौचर नै सहयोग गर्ने एक्पर्टका चितवन शाखाका प्रवन्धक निर्देशक डिल्लराम अधिकारीले बताए ।
एक्पर्ट फाउण्डेसन उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई परामर्श दिने संस्था एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजद्वारा संञ्चालित फाउडेसन हो ।
सो फाउण्डेसनले कोभिड –१९ को जोखिमले समस्यामा परेका छात्र÷छात्रालाई सहयोग गर्न २ लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना गरेको छ ।
कोभिड –१९ को जोखिमले अस्ट्रेलियामा अध्ययनरत नेपाली छात्र÷छात्रालाई पर्न सक्ने तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्ने ध्येयले सो कोष स्थापना गरेको उनको भनाई छ ।
आफ्नो संस्थाबाहेक अन्यत्रबाट जाने र अरु समस्यामा परेका छात्र÷छात्रालका लागि ५० हजार डलर छुट्याईएको प्रबन्धक अधिकारीले जानकारी दिए ।
पछिल्लो छ महिनायता अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आएका र रोजगारी गुमाएका छात्र÷छात्रालाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकालाई पनि मूल्याङकनका आधारमा सहयोग गरिने योजना अनुसार कोष स्थापना गरिएको बिज्ञप्तिमा जनाइएको छ ।
एक्सपर्टले सन २००३ देखि नेपाली विद्यार्थीलाई परामर्श दिने काम थालेको हो । नेपालका विभिन्न शहरमा कार्यालय रहेको एक्सपर्टको अष्ट्रेलियाका मुख्य शहरहरुमा पनि कार्यालय रहेका छन् ।
प्रतिक्रिया