अब कोरोना रोकथाममा छुट्ट्याइएको रकम राष्ट्रबैंकको खातामा

६ बर्ष अगाडि

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा छुट्ट्याइएको रकम नेपाल राष्ट्र बैंकमा खोलिएको खातामा राख्न राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकको खाता नं १२००२०१र००२/५११/५२४ मा वाणिज्य बैंकहरूलाई रकम जम्मा गर्न आइतवार परिपत्र जारी गर्दै निर्देशन दिइएको हो ।

महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार सरकारको उद्धार तथा राहत कोष खाता समूह अन्तर्गत खाता खोलिएको केन्द्रीय बैंकले बताएको छ । यसअघि सम्बन्धित बैंकहरूले यस्तो खाता आफ्नै बैंकमा खोले पनि अब भने सो खाता यसै कोष समूह अन्तर्गत रहने व्यवस्था छ ।

हालसम्म बैंकहरूले आर्थिक सहयोग आफ्नै बैंक खातामा जम्मा गरेको र आगामी दिनमा यस्तो रकम तत्कालै भुक्तानी गर्ने प्रणाली ९आरटीजीएस०मार्फत केन्द्रीय बैंकको खातामा जम्मा गर्न भनेकोे छ ।

आर्थिक सहयोगका रकम छुट्ट्याएको भोलिपल्ट १२ बजेभित्र आरटीजीएस प्रणालीमार्फत रकम ट्रान्सफर गर्नुपर्नेछ ।

हालसम्म वाणिज्य बैंकअन्तर्गत २२ ओटा बैंकले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित कोष लगायत अन्य प्रादेशिक सरकारका कोषहरूमा आर्थिक सहयोग गरेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

संघका अनुसार हालसम्म सो संख्याका वाणिज्य बैंकले २५ करोड ४ लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया