काठमाडौं – कुमारी बैंकका उच्च तहका २८ जना कर्मचारीले एकै पटक जागिरबाट अवकास लिएका छन् । बैंकका डेपुटी सीईओ राजीव गिरी, उमेश भण्डारी, सहित रीना रिजाल, सीपा रेग्मी लगायत २८ जनताले स्वइच्छा अवकास लिएका हुन् ।
कुमारी बैंकले निकट भविष्यमा देव विकास बैंकलाई प्राप्ति गर्दै छ । त्यसपछि कर्मचारीको संख्या बढी हुने भएपछि बैंकले भीआरएस लागू गरेको थियो । बैंकले १५ दिनको अवधी राखी भिआरएसको सूचना जारी यतिका कर्मचारीले विदाई लिएका हुन् । बैंकको सञ्चालक समितिले चैत ६ गते नै उनीहरुलाई स्वछिक अवकाश दिने निर्णय गरेको हो । तर, लागु भने आज अर्थात बैशाख १ गतेदेखि हुने छ । उनीहरुले २ वर्षको तलबसँगै बैंकमा रहँदा चढेको गाडी आफै लैजान पाउने व्यवस्था पनि गरिएको छ । सम्भवत नेपालको बैकिङ क्षेत्रमा ठुलो संख्यामा कर्मचारीले अवकाश लिएको यो पहिलो घटना हो ।
यस्तै, २ जना डेपुटी सीइओ राजीव गिरी र रमेश भण्डारीलाई भने ६ महिनाको कलिङ पिरियड लागू नुहने बताइएको छ ।
प्रतिक्रिया