आगामी सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतमा सिमित रहने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
संक्रमण र त्यसले नेपाली अर्थतन्त्रमा पार्ने प्रभाव स्वरुप आगामी सन् २०२० मा अर्थतन्त्रमा धक्का लाग्ने प्रक्षेपण विश्व बैंकले गरेको हाे ।
रेमिट्यान्समा आउने कमीका साथै पर्यटन तथा व्यापारमा संकुचर र सीमा अवरोधका कारण सन् २०२०मा आर्थिक वृद्धिमा कमि आउने बैंकले विश्लेषण गरेको छ ।
विश्व बैंकको यो प्रक्षेपण र केही हप्ताअघि एशियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको प्रक्षेपणमा निक्कै भिन्नता देखिएको छ ।
एडीबीले नेपालको आर्थिक वृद्धि यस वर्ष ४.३ देखि ५.३ प्रतिशतका बीच रहने अनुमान गरेको थियो प्रतिवेदनअनुसार अर्थतन्त्रमा सुधार आएको अवस्थामा पनि सन् २०२२ मा बढीमा साढे ३ प्रतिशतको हाराहारी (२.७ देखि ३.६ प्रतिशत) मा मात्र अर्थतन्त्र विस्तार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
बैंकले आइतबार सार्वजनिक गरेको ‘साउथ एशिया इकोनोमिक फोकस’ प्रतिवेदनले प्रक्षेपण गरेको नेपालको आर्थिक वृद्धि सरकारले चालु आर्थिक वर्षमा लक्ष्य राखेको(८.५ प्रतिशत) भन्दा ७ प्रतिशत बराबरले कमी हो ।
विश्व बैंकले सन् २०२१ मा पनि नेपालको आर्थिक वृद्धिमा खासै सुधार नआउने अनुमान गरेको छ ।
प्रतिक्रिया