काठमाडौं– प्रहरीले १३ र १४ बर्षीया दुई किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली स्थायी ठेगाना भएका हाल कीर्तिपूर बस्दै आएका २५ वर्षीय हेम खत्री रहेका छन् ।
खत्रीलाई महानगरीय प्रहरी वृत्त कीर्तिपूरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको हो । खड्कालाई नियन्त्रणमा लिएलगत्तै प्रहरीले
पीडित बालिकाको समेत उद्दार गरेको छ ।
प्रतिक्रिया